• |

वडा परिषद्बाट पारित योजना काटिँदा गाउँपालिकामा तालाबन्दी

अछाम, २७ भदौ । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् । स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ । सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताए । गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा (एमाले) ले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको उनको भनाइ छ ।

achham (1)

यता गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आएका छन् । ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई रु ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो । यसैबीच गाउँपालिकामा योजनाको विषयलाई लिएर भएको तालबन्दी तथा विवादलाई समाधान गर्नका लागि दुईवटै पक्षलाई बोलाएर मंगलसेनमै छलफल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । आज दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनाइ छ ।

सम्बन्धित समाचार

अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने, : संयोजक भट्टराई

24550443_1935548886695994_1117538376_n

चितवन, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन्…

अस्ट्रेलियाको सुख भोग त्यागी देशलाई समृद्धि बनाउने संकल्पसहित खरेल चुनावी मैदानमा

24252139_1096353477167035_2007158404_n

नवलपरासी, १५ मंसिर । झण्डै एक दशक अस्ट्रेलियामा रहेर पत्रकारितासहित विभिन्न पेशा व्यवसाय गर्दै आएका नवलपरासीका सरोज खरेल यतिबेला चुनावी…

सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा

बाजुरा, १२ मंसिर । जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्…

काठमाण्डौँ ५ मा ईश्वर पोखरेल र डा. महतबीच भिडन्त

ishwor-pokhrel-prakash-sharan-mahat

काठमाण्डौँ, ११ मंसिर । आसन्न निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु