• |

एशियाली सभ्यताको संरक्षणमा विज्ञहरुको जोड

काठमाण्डौँ, २७ भदौ । एशियाली सभ्यता, संस्कृतिको नेपाली समाज विकास क्रममा महत्व रहेकाले यसको संरक्षणमा विज्ञहरुले जोड दिएका छन् ।‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा एशियाली सभ्यताको मुख्य आधार ग्रिस सभ्यता भएको र मानव जीवनको विकासमा यस पद्धतिले महत्वपूर्ण भूमिका राख्ने सहभागी वक्ताले विचार व्यक्त गरे । एशियाली सभ्यतामा नैतिकता, मेलमिलाप, सद्भाव, प्रेमलगायतका विषयवस्तुलाई महत्व दिइएको उनिहरुले बताए । राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य डा. केबी रोकायाले एशियाली सभ्यता कमजोर भएकाले कोरियाली प्रायद्वीपमा युद्धको सम्भावना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै सो युद्ध बढ्दै गएमा तेस्रो विश्वयुद्धलाई कसैले रोक्न नसक्ने बताए ।6

इतिहासविद् डा. सुरेन्द्र केसीले धार्मिक गुरुले राम्रो उपदेश दिन नसक्दा नैतिकविहीन समाजको विकास भएको विचार व्यक्त गर्दै क्रिश्चियन धर्मावलम्बीहरुले नेपाली धर्म संस्कृतिमात्र नभई नेपाललाई नै सिध्याउने काम गरिरहेकाले सचेत हुन आग्रह गरे । संस्कृतिविद् डा. शास्त्रदत्त पन्तले क्रिश्चियन धर्मको फैलावटका कारण नेपाली धर्महरु संकटमा पर्दै गएको बताउँदै सरकारले धर्म परिवर्तनलाई रोक्नुपर्नेमा जोड दिए ।खस–क्षेत्री समाजका अध्यक्ष विष्णु खड्काले निधारमा लामो टीका लगाएरमात्र धर्म र संस्कृतिको जगेर्ना गर्न नसकिने उल्लेख गर्दै गौतमबुद्धभन्दा पहिलेको धर्मको अध्ययन गर्नुपर्ने बताए । केन्द्रका अध्यक्ष विष्णुराज पाण्डेले धार्मिक द्वन्द्वकै कारण भारत र पाकिस्तान विभाजित बनेको स्मरण गर्दै एशियाली सभ्यताको विकास गर्न सबै एकजुट हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

download (3)

डडेल्धुरा, २२ मसिंर । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।…

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

download (2)

काठमाण्डौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा विवकशील साझा पार्टीका रविन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई कडा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु