• |

पोप फ्रान्सिसले गरे भेनेजुयलाको सङ्कट समाधानका लागि सहयोग गर्न राष्ट्रसङ्घलाई आग्रह

अन बोर्ड द पापाल प्लान, २७ भदौ । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि सोमबार संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका छन् । “मानवीयता सम्बन्धि समस्या अत्यन्त पीडादायक छ, त्यसबाट त्यहाँ धेरै जनता पीडित भएका छन्,” कोलम्बियाको पाँच दिने भ्रमण सकेर फर्किएपछि उनले पत्रकारहरुसँग भने । उनले थपे, “यो मानवीयता सम्वन्धि समस्या हो, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ, राष्ट्रसङ्घले यो आँफै सुन्नेछ र सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

Pope-Prancis
भेनेजुयालको गम्भीर संकट अन्त्य गरी शान्ति स्थापनाका लागि धर्मगुरु फ्रान्सीसले आइतबार विशेष प्रार्थना आयोजना गरेका थिए । भेनेजुयलामा खाना र औषधीको अभाव समेत भएकोप्रति उनले ध्यानाकर्षण गराउनु भएको छ । गत अप्रिल देखि सुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा जुलाई सम्ममा १२५ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका सभामुखले गरिब जनताका लागि खाना लगायतका सहयोग पु¥याउने व्यवस्थाका लागि राष्ट्रपति निकोलस मदुरोलाई आग्रह गरिदिन पोपलाई अनुरोध गरे ।
भेनेजुयलामा एक महिना सम्म भएको आन्दोलनका क्रममा सरकारी पक्ष र आन्दोलनकारी पक्षका बीचमा सहमति गराउन भ्याटिकनले मध्यस्थता सहितको प्रयास गरेको थियो ।  “मलाई थाहा छैन मदुरोले के सोचिरहनु भएको छ, उहाँले अव के गर्न गइरहनु भएको छ मलाई थाहा छैन,” फ्रान्सिसले पत्रकारहरूसँग भने ।

सम्बन्धित समाचार

आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने

ro5 (1)

यांगुन,२९ भदौँ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले…

चीनमा विषाक्त खानाका कारण एकको मृत्यु, ३१ विद्यार्थी अस्पताल भर्ना

flag-china

जिआन, २५ भदौ । चीनको सानसी प्रान्तमा विषाक्त खानाका कारण एक विद्यार्थीको मृत्यु भएको छ भने ३१ जना अस्पताल भर्ना…

डेङ्गुका कारण १७ जनाको मृत्यु

dengu-virus

इश्लामावाद, २१ भदौ । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण…

धर्मगुरुका पक्षमा भारतमा प्रदर्शन हुदाँ तीसको मृत्यु

Indian-Police-Jhadap

पञ्चकुला, १० भदौ । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३०…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण