• |

चाँडपर्व नजिकिँदै गर्दा बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

बैतडी, २९ भदौ । चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो दिन जिल्ला सदरमुकाम गढी र गोठलापानी बजारमा अनुगमन गरेको छ । खुद्रा पसल, होटेल, फ्रेस हाउस र मदिरा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडूले जानकारी दिए । उनका अनुसार बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरेको भेट्टिएका छन् । केही पसल घरेलु कार्यालयमा दर्ता भए पनि नगरपालिका कार्यालयमा भने अधिकांशले दर्ता नगरेको पाइएको छ । साथै, उक्त अनुगमनका क्रममा मूल्यसूची नराखेको, साइनबोर्ड नभएको समेत फेला परेको थियो । उक्त अनुगमनका क्रममा भेटिएका रु आठ हजार ३५८ मूल्य बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

27_204701471184213

उपभोग्य मिति समाप्त भएका मसला, नमकिन, बिस्कुट, तेल, जुस, चिउरालगायतका खाद्यपदार्थ जफत गरी प्रहरी, पत्रकार र सरोकारवाला सबैको रोहबरमा नष्ट गरिएको हो । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, साइनबोर्ड राख्न तथा पसल दर्ता गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । यसैगरी, उपभोक्ता हित संरक्षणको विषयमा सबै व्यवसायी एवं व्यापारी, उपभोक्तालगायत सरोकारवाला सबैलाई सचेत रहनसमेत अनुरोध गरिएको छ । अघिल्ला वर्षभन्दा अहिले म्याद नाघेका सामान कम भेटिएको सहायक प्रजिअ आचार्यले बताए । पटकपटक अनुगमन गरी सचेत गराइएकाले म्याद गुज्रेका सामान तुलनात्मकरुपमा कम भेटिएको जनाएको छ । बाजुरा– यसैगरी, दशैँ तिहारको समयमा कालोबजारी मनोमानी बढ्ने भन्दै यहाँको स्थानीय प्रशासनले बजार अनुगमन कार्य तीव्र पारेको छ । बजार अनुगमन समितिले मंगलबार स्थानीय होटल पसलमा अनुगमन कार्य शुरु गरेको हो ।

दुईदिन गरेर मार्तडी र दुनी हाटबजारका ४५ भन्दा बढी पसलको अवस्थाबारे जानकारी लिइएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए । मंगलबार गरिएको अनुगमनका क्रममा रोशन एण्ड ज्ञानु मम सेकुवा सेन्टरका भीमबहादुर खड्काको पसलमा बिना अनुमतिको मदिरा भेटिएको र कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र पठाएको बताइएको छ । बुधबार गरिएको अनुगमनका क्रममा पाँचवटा पसलबाट ११७ प्याकेट बिस्कुट, १० प्याकेट खुर्सानी बरामद गरी जलाएर नष्ट गरिएको छ । अनुमगनमा समिति सदस्य उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार महासंघ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिले जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताएको छ ।

सम्बन्धित समाचार

बलात्कार गरेको आरोपमा एक पक्राउ

balakar-garne-pakrau-1

भोजपुर, १ कात्तिक । बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी…

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

kukur_tihar_529267076

काठमाडौँ, १ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक…

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

matadata-parichaya-patr

चितवन, १ कात्तिक । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि…

जमुना घलेलाई भारी मत अन्तरले हराउँदै एनआरएनए अध्यक्षमा भट्ट विजयी

xBhaban-Bhatta1-17102017022504-1000x0.jpg.pagespeed.ic.KECtO2B-CN

काठमाण्डौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाण्डौँमा जारी आठौं विश्व…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा