• |

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

दमक, ३० भदौ । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहिबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । भेलाले विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सहयोग समिति गठन गरी सहयोग रकम संकलन गर्न थालिएको छ । सो समितिको सदस्यमा कमन देवान, गिरीराज भट्टराई, टीकाराम उप्रेती र दिलकुमार लावती रहेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति समेत रहेका अग्रज पत्रकार राईको एक साता अघि काठमाण्डौँस्थित शहिद गंगालाल हृदयरोग निवारण केन्द्रमा मुटुको जटिल शल्यक्रिया सम्पन्न भएको थियो ।

राईको थप उपचार गर्न रकम अभाव भएकाले त्यसमा थोरै भएपनि राहत पुर्याउन सहयोग जुटाउन थालिएको र त्यो सहयोग रकम दशैँअगावै पीडित राईसम्म पुर्याउने संयोजक सुब्बाले बताए । संयोजक सुब्बाका अनुसार पत्रकार राईको उपचारमा सहयोग गरिदिन पत्रकार तथा शुभेच्छुकलाई आग्रह गरिएको छ । यसरी संकलित भएको रकम दाताको नामावली स्थानीय पत्रिकामा प्रकाशित गरिने संयोजक सुब्बाले जनाए । त्यसमा पत्रकार गिरीराज भट्टराई र संयोजक सुब्बाले जनही रु एक हजार सहयोग दिएका छन् ।

सम्बन्धित समाचार

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

xscrup-taifus-555x309.jpg.pagespeed.ic.XkmsbpT5nx

चितवन, १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म…

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा

images

दाङ, ३१ असोज । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका…

हातेमालो समाज युएई द्धारा अस्पताललाई सहयोग

naga

भोजपुर, २५ भदौ । नवगठित भोजपुर हातेमालो समाज युएईले यहाँको अस्पताललाई आर्थिक सहयोग गरेका छन् । भोजपुरबाट वैदेशिक रोजगारीका लागि…

भाइरल ज्वरोका कारण विद्यालय बन्द

fever (1)

गुल्मी, २३ भदौ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा