• |

खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित

खोटाङ, ४ असोज । संविधान दिवसको अवसरमा खोटाङका वरिष्ठ तथा ज्येष्ठ पत्रकार कृष्ण आचार्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ उपाधीबाट सम्मानित भइसकेका पत्रकार आचार्यलाई संविधान दिवसको अवसरमा मंगलबार जिल्ला समन्वय समितिले बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । खोटाङको पत्रकारिताको विकासका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप ६२ वर्षीय पत्रकार आचार्यलाई जिल्ला समन्वय समितिले मंगलबार दिक्तेलमा सम्मान गरेको जनाएको छ ।

नेपाल पत्रकार महासंघले आफ्नो २५ औँ महाधिवेशनका अवसरमा भदौ ४ गते पत्रकार आचार्यलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेको थियो । संविधान दिवसको अवसरमा दिक्तेलमा प्रभातफेरी निकालेपछि जिल्ला समन्वय समितिको हलमा सभामा परिणत भएको कार्यक्रममा पत्रकार आचार्यलाई समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले खादा र अबीर लगाइदिएर सम्मान प्रदान गरे ।कार्यक्रममा ‘संविधान र संविधानको जन्म’ विषयक अन्तरक्रिया कार्यक्रममा विषयान्तर नगरी छोटो समयमा आफ्नो भनाइ राखेकामा आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईलाई पनि सम्मान गरियो ।

सम्बन्धित समाचार

बलात्कार गरेको आरोपमा एक पक्राउ

balakar-garne-pakrau-1

भोजपुर, १ कात्तिक । बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी…

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

kukur_tihar_529267076

काठमाडौँ, १ कात्तिक । यमपञ्चकको दोस्रो दिन आज बिहान अरुणोदय कालमा नरक स्नान गरी यम दीप दान गरियो । कात्तिक…

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

matadata-parichaya-patr

चितवन, १ कात्तिक । गत स्थानीय निर्वाचनपछि जिल्लामा मतदाताको संख्या बढेको छ । आउँदो मंसिर २१ मा हुन लागेको प्रतिनिधि…

जमुना घलेलाई भारी मत अन्तरले हराउँदै एनआरएनए अध्यक्षमा भट्ट विजयी

xBhaban-Bhatta1-17102017022504-1000x0.jpg.pagespeed.ic.KECtO2B-CN

काठमाण्डौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाण्डौँमा जारी आठौं विश्व…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

चितवनमा मतदाता संख्या तीन लाख ५४ हजार

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा