• |

बजेट कार्यान्वयनमा समस्या

पाल्पा, ९ कात्तिक । चालु आर्थिक वर्षको तीन कहिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा सञ्चालित योजना अलपत्र परेका हुन् । विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण कार्यालयमा कार्यरत प्राविधिकको हाजिरी गर्ने काम मात्र भएको सम्बद्ध प्राविधिक बताउँछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्यका अनुसार साना ठूला, नयाँ पुराना गरी एक सयभन्दा बढी योजना छन् ।

money-budget_sambad.net_

“विगतका वर्षमा यतिखेर उपभोक्ता समिति गठन गरी पहिलो किस्ता रकम निकाशा गर्ने समय हुन्थ्यो तर यस वर्ष विभाग, मन्त्रालयबाटै विनियोजित रकमको अख्तियारी नआउँदा समयमै योजना सम्पन्न हुँदैन, अन्त्यमा रकम फ्रिज हुने अवस्था हुन्छ”, प्रमुख शाक्यले भने ।जिल्लामा विभिन्न योजनाका लागि रु १० करोडभन्दा बढी रकम विनियोजित भएको छ । जिल्लामा यतिखेर रु पाँच लाखदेखि रु तीन करोडसम्मका बहुवर्षीय योजना छन् । तर अहिलेसम्म खर्च गर्ने रकम अख्तियारी आएको छैन । यस विषयमा पटक–पटक विभाग मन्त्रालयलाई लिखित मौखिक जानकारी गराए पनि कार्यान्वयन तहमा नपुगेको सम्बद्ध प्राविधिक बताउँछन् ।

सम्बन्धित समाचार

हिमाली जिल्ला डोल्पामा कृषि बीमा प्रभावकारी बन्दै

apple-manag

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा…

रत्ननगर महोत्सव हुने

mahosab-2-1-copy (1)

चितवन, ११ मंसिर । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव…

रु दुई करोडको तरकारी निर्यात

images

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती…

रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन

1506660464Ram-Leela

बैतडी, ३० असोज । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु