• |

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

काँकडभिट्टा, ९ कात्तिक । डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड र अर्जुनधारा र भद्रपुर नगरपालिकाका विभिन्न वडामा फगिङ गरेको छ । हालसम्म झापामा ४०० लाई डेंगु संक्रमण भइसकेकामा ३०० भन्दा बढी बिरामी बिर्तामोड नगर क्षेत्रका छन् ।रोगको प्रकोप भयावहरूपमा फैलिरहँदासमेत नगरपालिकाले खासै नियन्त्रणको उपाय नअपनाएको भनी आलोचना भइरहेका बेला बुधबारदेखि तीन वटै नगरमा मालाथिन फगिङ थालिएको हो ।

लामुखट्टेले_सताएर_हैरान_बनाएको_छ__अपनाउनुहोस्_यि_घरेलु_उपाय 6478

अर्जुनधारा–७ की ३५ वर्षीय सुनिता बराल अधिकारीको डेंगु रोगकै कारण मृत्यु भइसकेको छ । अर्जुनधारा नगरपालिकाले सो वडामा समेत मालाथिनको धुवाँ छर्केको छ । नगरपालिकाले केही नै काम गरेन भनेर सर्वत्र आलोचना हुन थालेपछि सहरका गल्लीमा मालाथिनको धुवाँ छर्किन थालिएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले धुवाँ छर्किनेभन्दा लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने नियन्त्रण विधिलाई बढी उपयुक्त मान्दै आएको छ । विषाक्त धुवाँले लामखुट्टेलाई मात्र नभएर मानव स्वास्थ्यमा समेत हानि पुर्याउने भएकाले डब्ल्युएचआको त्यस्तो भनाइ आएको हो । नगरपालिकाले मालाथिन छर्किने स्थानबारे नगरवासीलाई अग्रिम जानकारी गराएर धुँवाको हानिबाट समेत जोगिन अग्रिम सतर्क गराएको छ ।

सम्बन्धित समाचार

दुईदशक पहिले भन्दा केही फरक छैन इलाम अस्पताल

illam_hospital-58c73dc1d5b463.89986315

इलाम, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका…

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

xscrup-taifus-555x309.jpg.pagespeed.ic.XkmsbpT5nx

चितवन, १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म…

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा

images

दाङ, ३१ असोज । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका…

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

दमक, ३० भदौ । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन्…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

प्रकाशमान सिंहलाई कडा टक्कर दिदैं रविन्द्र मिश्र

मोरङमा मतगणना शुरु