• |

अस्ट्रेलियाको सुख भोग त्यागी देशलाई समृद्धि बनाउने संकल्पसहित खरेल चुनावी मैदानमा

नवलपरासी, १५ मंसिर । झण्डै एक दशक अस्ट्रेलियामा रहेर पत्रकारितासहित विभिन्न पेशा व्यवसाय गर्दै आएका नवलपरासीका सरोज खरेल यतिबेला चुनावी मैदानमा छन् । लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै, “विदेश आखिर सपना नै हो” । “विपना फेर्ने हो भने स्वदेश फेर्नुपर्छ” खरेललाई यस्तै लाग्यो र देशमै केही गर्ने प्रतिवद्धता र संकल्प बोकेर स्वदेश फर्किए । हाल उनी नयाँ शक्ति पार्टी नेपालबाट नवलपुर क्षेत्र नं. १ ( क) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । आफ्नै देशमा केही गर्ने उदेश्यका साथ गैंडाकोटमा कपडा गार्मेन्ट संचालक गर्दै आएका उनी देशको अवस्था विरक्तलाग्दो देखेपछि उनलाई लाग्यो, देश बदल्न त राजनीति बदल्नुपर्ने रहेछ । उनी भन्छन् मेरै उमेर समूहका ४० लाखभन्दा बढी युवायुवतीहरु शासकहरुको असक्षमताका कारण विदेशमा निर्वासित जीवन बाँचिरहेका छन् खरेल भन्छन्- अहिले त युवालाई निर्वासित गराउने असक्षम नेता र दलहरु नै त्यही ४० लाख युवा बेचेर भोट मागिरहेका छन् । राजनीति ट्र्याकभन्दा बाहिर छ, समृद्धि अनुकूलको राजनीतिलाई जिउँदो बनाउन युवा पनि राजनीतिमा जानै पर्ने उनको ठम्याई छ । बाहिर बसेर गाली गरेर मुलुक बन्दैन, राजनीतिक प्रक्रियाभित्रै समावेश भएर यहाँको फोहोर सफा गर्न सकिन्छ भन्ने लाग्यो उनी भन्छन्, यसकारण म पनि उम्मेदवार बनेर मैदानमा उत्रिएको छु । विदेशमा बसेर विभिन्न कामको अनुभव बोकेका उनले आफ्नो अनुभवलाई स्वदेशमा लागू गर्न चाहेको बताउँछन् । नेपालको विविधतालाई जोड्न सक्ने, भिजन भएका नेता भएको र वाम लोकतान्त्रकि राजनीतिक कार्यदिशा भएको अझ समृद्धिकै नेतृत्व गर्नुपर्छ भनेर स्थापित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मेरो रोजाईमा पर्‍यो, उनी भन्छन् म अत्यन्तै उत्साहका साथ चुनावी मैदानमा उत्रिएको छु । जनताको माया र विकल्पप्रतिको उत्कट चाहना र लगाव देखेर हौसिएको छु ।

24252139_1096353477167035_2007158404_n

तपाईंको उम्मेदवारी कसको विरुद्ध भन्ने प्रश्न भुईंमा झर्न नपाउँदै उनले भने,- मेरो उम्मेदवारी गरिबी, बेरोजगारी, पछौटेपन, भ्रष्टाचारविरुद्ध । कुनै दल वा उम्मेदवारविरुद्ध मेरो उम्मेदवारी होइन । गणतन्त्र ल्याउनको लागी आफ्नो पनि महत्वपुर्ण भुमिका रहेको बताउदैं उनले भने, एकात्मक राजतन्त्रात्मक व्यवस्थाविरुद्ध लडेर संघीय गणतन्त्रको लागि त हामी लडिसकेका छौं । अबको राजनीतिले युवाहरुको उद्यमशीलता जगाउनुपर्ने उनको तर्क छ । मतदाताहरुमा देश परिवर्तन भएन, नेताहरुले ढाँटे, बेरोजगारीको अन्त्य भएन, दुःखको दिन गएन भन्ने गुनासो छ, जब म डा.भट्टराईको नेतृत्वमा यो सब अवस्था बदल्न सक्छौं भनेर मेरा योजनाहरु सुनाउँछु, मतदातामा नयाँ विश्वास र उत्साह बढेको पाउँछु ।

खरेल पुरानो पार्टीहरुमा रुपान्तरणको सम्भावना सकिएसँगै नयाँ पार्टीको औचित्य सुरु भएको तर्क गर्छन् । हुन त वहाँहरुको गठबन्धन बनेको छ, तर वहाँहरुको गठबन्धन माइनस टुमा माइनस टु जोडेको जस्तै हो, जसको नतिजा माइनस चार हुन्छ, उनको तर्क छ, उनीहरु रुपान्तरण भए त हामीले किन दुःख गर्नुपर्थ्यो र ?
हिजोका आन्दोलनहरु राजनीतिक व्यवस्था फेर्नका लागि भएकोले पुरानो पुस्तालाई सम्मान गर्नुपर्ने उनको तर्क छ । पुराना पार्टीहरुमा पनि असल नेताहरु छन् र राजनीति बाहिर पनि प्रतिभा र क्षमताहरु छन्, उनी भन्छन्, यी सबैलाई जोडेर युग सुहाउँदो पार्टी बनाउनुपर्छ, नयाँ शक्तिले पनि धेरै मेहनत गर्नुपर्नेछ तर, यो तथ्यलाई स्वीकारेको हुनाले हामी अगाडि जान सक्छौं भन्ने मेरो विश्वास हो ।

नयाँ शक्तिको पाँच ‘स’ ले पुँजीवाद र समाजवादको असफलताको समीक्षा गरेको र नेपाली मौलिकतामा वाम लोकतान्त्रिक नयाँ मोडेल विकास गरेको खरेलको बुझाई छ । जननिर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई ठूला पार्टीले छाडेकोले नयाँ शक्तिले यो मुद्दालाई प्राथमिकतामा राखेर उठान गर्नुपर्ने बताउँछन् ।
जबसम्म विकास, समृद्धि र प्रगतिका सवाललाई राजनीतिको मूलधारमा स्थापित गरिँदैन, देशलाई समृद्धिको दिशातिर लैजान सकिंदैन भन्ने कुरा अब स्वतः स्पष्ट हुन गएको छ, उनी भन्छन्, यसर्थ, विकास र समृद्धिको मुद्दालाई नै राजनीतिको केन्द्रीय विषय बनाएर नयाँ शक्ति पार्टीले यो देशलाई समुन्नत समाजवादको दिशातिर लैजाने लक्ष्य निर्धारण गरेको छ । यसका लागि युवा पुस्ताको भूमिका निर्णायक हुनेछ ।

आम नागरिकको अवस्था फेर्ने ध्येयका साथ राजनीतिमा लागेका खरेल आर्थिक विकास, समृद्धि र प्रगतिमार्फत् आम नागरिकको मुहारमा मुस्कान भर्ने सपना देखेर राजनीतिमा क्रियाशील छन् ।

सम्बन्धित समाचार

अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने, : संयोजक भट्टराई

24550443_1935548886695994_1117538376_n

चितवन, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन्…

सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा

बाजुरा, १२ मंसिर । जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्…

काठमाण्डौँ ५ मा ईश्वर पोखरेल र डा. महतबीच भिडन्त

ishwor-pokhrel-prakash-sharan-mahat

काठमाण्डौँ, ११ मंसिर । आसन्न निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका…

वडा परिषद्बाट पारित योजना काटिँदा गाउँपालिकामा तालाबन्दी

achham (1)

अछाम, २७ भदौ । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि