• |

एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग

पोखरा, १७ मंसिर । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ । ‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि रु पाँच लाख सहयोग गरिएको हो । क्लबद्वारा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सहारा हङ्कङका महासचिव विलबहादुर तामाङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

SAHARA

सोही अवसरमा सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार सुरज श्रेष्ठले प्राप्त गरेको रु १५ हजार ५५५ राशिमा आफ्नोतर्फ बाट रु चार हजार ४४५ थप गरी रु २० हजार सहारा एकेडेमीको सहयोगार्थ हस्तान्तरण गरे । क्लबले सहारा एकेडेमीको निरन्तरताका लागि रु पाँच करोड पुर्याउने उद्देश्यका साथ सञ्चालन गरेको अक्षयकोषमा हालसम्म रु एक करोड ३५ लाख संकलन भइसकेको क्लबका महासचिव केशवराज बरालले जानकारी दिए । सो एकेडेमीमा हाल मुलुकका १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालक रहेको बताउँदे उनले भने, “आवासीयरुपमा क्लबद्वारा सञ्चालित एकेडेमीमा बालकको शिक्षा, स्वास्थ्यसँगै फुटबलको समेत प्रशिक्षणमा मासिक रु तीन लाख खर्च आउने गरेको छ ।”

सम्बन्धित समाचार

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

trafic tactor

इलाम, ७ माघ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र…

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् । प्रदेश नं…

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि