• |

सप्तरीको उत्तरपूर्वी भेगमा जंगली हात्तीको आतंक

राजविराज, १७ मंसिर । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ । मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले जानकारी दिए ।
सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानीयवासी प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानीयवासीले आरोप लगाएका छन् ।

elephant-attack

एक सातायता फेरि गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउँदै आएको कारण स्थानीयवासी त्रसित बन्नुको साथै रातिको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय राजकुमार पासवानले गुनासो गरे । पटक-पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउदै आएको र आफूहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका छन् । हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आरक्षतर्फ लखेटेको थियो । करिब चार दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कञ्चरुप नगरपालिका– २ स्थित बदगामाकी एक महिलाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

trafic tactor

इलाम, ७ माघ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र…

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् । प्रदेश नं…

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि