• |

हिमाली जिल्ला डोल्पामा कृषि बीमा प्रभावकारी बन्दै

डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका गोकुलबहादुर डाँगीले बताए । उनले ३५० बोट स्याउको बीमा गरेका छन् ।

apple-manag

त्रिपुरा सुन्दरी नगरपालिका जिउँ गाउँका रञ्जीत बोहोरा कृषि बीमा कार्यक्रमका कारण कृषक लाभान्वित भएको बताए। उनले ३०० बोट स्याउको बीमा गरेका छन् । अघिल्लो वर्ष हावाहुरी र असिनाले नोक्सान पारेको स्याउको बोटको समेत बीमा रकम पाएको उनले बताए । “प्राकृतिक विपत्तिले क्षति पुर्याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो, अहिले बीमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएका छौँ,”– उनले भने ।

कृषि बीमा कार्यक्रम लागू भएको थोरै समय भित्रै ठुलीभेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका झण्डै ७५ जना कृषकले बीमा गरिसकेका छन् भने दुई हजार ५६८ स्याउका बिरुवाको बीमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्र विक्रम शाहीले बताए । निकट भविश्यमा जिल्लाका आठवटै स्थानीय तहमा बीमा कार्यक्रम लागू हुने उनले बताए । कृषि बीमा कार्यक्रमअन्तर्गत कृषकले गरेको बीमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पुर्याएको क्षतिका आधारमा कृषकलाई रु पाँच लाख छ हजार वितरण गरिएकोसमेत शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तीलक शाहीले बताए । निकट भविश्यमा पशु बीमा शुरु हुने बताइएको छ ।

सम्बन्धित समाचार

रत्ननगर महोत्सव हुने

mahosab-2-1-copy (1)

चितवन, ११ मंसिर । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव…

बजेट कार्यान्वयनमा समस्या

money-budget_sambad.net_

पाल्पा, ९ कात्तिक । चालु आर्थिक वर्षको तीन कहिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा…

रु दुई करोडको तरकारी निर्यात

images

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । मकैखेती…

रामलीला महोत्सवमा रु १८ लाख दानस्वरुप संकलन

1506660464Ram-Leela

बैतडी, ३० असोज । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा सञ्चालन भइरहेको रामलीला महोत्सवमा रु १८ लाख…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि