• |

दुईदशक पहिले भन्दा केही फरक छैन इलाम अस्पताल

इलाम, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहेका छन् ।  नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० श्ययाको जिल्ला अस्पतालमा एकजना मात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत छन् । विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेण्डेण्टलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर शाहमाथि प्रशासनिक थप बोझ समेत थपिएको छ । दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, एकदेखि तीन वटासम्म सुरक्षित गर्भपतन गर्ने, एउटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुई पटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्याण्डल गर्ने सम्मका काम डाक्टर प्रभु शाहका दैनिक काम हुन् । आवश्यकताअनुसार इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेको उनले बताए । विशिष्ट प्रकृतिका रोगको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई वटा गर्न उनले भ्याउनुपर्ने बाध्यता छ । उनी भन्छन्, ‘यो भन्दा प्रेसर एकजना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सञ्चालन गर्न सकिने थियो ।’  सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि हाल ३७ श्यया मात्र सञ्चालनमा ल्याउन सकेको उनले बताए । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ । ‘सुन्दा अचम्म लाग्नसक्छ तर सत्य नै यही हो’, डा. शाहले भने ।

illam_hospital-58c73dc1d5b463.89986315

१५ जना नर्सको दरबन्दी भए पनि कार्यरत भने आठजना मात्र छन् । अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरको योगदानको मूल्यांकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताए । उनले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए । चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हुंदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।

अस्पताल बाहिर फार्मेसी सञ्चालन गर्दै आएका विनोद थापा भन्छन्, “धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।” ५० श्ययाको यस अस्पतालमा पूरा डाक्टरको दरबन्दी हुने र सबै श्यया सञ्चालन गर्न सके यहाँका बिरामी बाहिर उपचारमा जानुपर्ने बाध्यता हट्ने थियो । जिल्लावासीले तत्काल यो समस्या समाधान गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।

सम्बन्धित समाचार

लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ

लामुखट्टेले_सताएर_हैरान_बनाएको_छ__अपनाउनुहोस्_यि_घरेलु_उपाय 6478

काँकडभिट्टा, ९ कात्तिक । डेंगु संक्रमणले भयावह स्थिति भएपछि झापाका मुख्य नगर बिर्तामोड, भद्रपुर र अर्जुनधारामा लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको…

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण

xscrup-taifus-555x309.jpg.pagespeed.ic.XkmsbpT5nx

चितवन, १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म…

स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा

images

दाङ, ३१ असोज । जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ । सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका…

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै

दमक, ३० भदौ । दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन्…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि