• |

अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने, : संयोजक भट्टराई

चितवन, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन् । यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उनले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताए ।

24331247_1097479817054401_2062825785_n

उनले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए ।नयाँ शक्ति पार्टी लाई राष्ट्रिय पार्टी बनाउनको लागि जनताको साथ चाहिने बताए हामी भारत परस्त र चीन परस्त हैनौ, हामी नेपाल मुखी हौ । हामी नयाँ पन ल्याउन चहान्छौ पहाड र मदेश मा झगडा गरेरे कसैलाई हुने केही हैन, देश मा राजनीतिक स्थिरता जब सम्म हुन्दैन, तब सम्म देश बन्दैन,त्यो सोच पुराना शक्ति हरुमा छैन राजनीतिक स्थिरताको लागी देश राष्ट्रपति प्रणालीमा जानै पर्छ । देशलाई स्थिरता दिनै पर्छ । हामी राजनितिलाई भ्रष्टाचार मुक्त गर्न चाहान्छौं । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उनको भनाइ थियो । संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, “अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ ।” लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उनले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

24550443_1935548886695994_1117538376_n

दलगत एकतालाई सुदृढ गर्नुपर्ने : महामन्त्री कोइराला

सोही कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रा डा. शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताए । अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै उनले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताउँदै आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै दलगत एकतालाई सुदृढ गरेर अघि बढ्नुपर्ने बताए । वामपन्थी एक भएर चुनौती दिइरहेको बताउँदै उनले भने, “वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।” सोही कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताए। विकास र लोकतन्त्र पर्यावाची शब्द भएको उनको भनाइ थियो ।

अन्तक्र्रिया कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले निर्वाचनको समयमा संघ संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै जनताको भावना बुझेर काम गर्ने संस्थाले निर्वाचनमा लाग्न उनले आग्रह गरे । कार्यक्रममा राजनीतिक विश्लेषक रमेश ढुंगेलले वाम गठबन्धनका गतिविधिले सर्वसत्तावादी गतिविधि देखिएको बताए । यसले लोकतन्त्रको रक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको पाइएको उनको भनाइ थियो ।
मनमोहन भट्टराईले जनताको बलमा आएको लोकतन्त्र र संघीयता लागू हुने बताउँदै मान्छे मारेर संघीयता लागू नहुने विचार राखे । प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, बिपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाइन्स, प्रजातान्त्रिक विचार समाज, लोकतान्त्रिक गैरसरकारी संस्थाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

सम्बन्धित समाचार

अस्ट्रेलियाको सुख भोग त्यागी देशलाई समृद्धि बनाउने संकल्पसहित खरेल चुनावी मैदानमा

24252139_1096353477167035_2007158404_n

नवलपरासी, १५ मंसिर । झण्डै एक दशक अस्ट्रेलियामा रहेर पत्रकारितासहित विभिन्न पेशा व्यवसाय गर्दै आएका नवलपरासीका सरोज खरेल यतिबेला चुनावी…

सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा

बाजुरा, १२ मंसिर । जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्…

काठमाण्डौँ ५ मा ईश्वर पोखरेल र डा. महतबीच भिडन्त

ishwor-pokhrel-prakash-sharan-mahat

काठमाण्डौँ, ११ मंसिर । आसन्न निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका…

वडा परिषद्बाट पारित योजना काटिँदा गाउँपालिकामा तालाबन्दी

achham (1)

अछाम, २७ भदौ । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि