• |

धनुषामा मतदान शान्तिपूर्ण

जनकपुरधाम, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ । मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नं– १ मा एक लाख दुई हजार ७१२, क्षेत्र नं– २ मा एक लाख छ हजार १००, क्षेत्र नं– ३ मा ९७ हजार ५०२ र क्षेत्र नं– ४ मा ९८ अजार ३६० मतदाता रहेको छ । कार्यालयका अनुसार मतदानका लागि ३२७ मतदान स्थलमा ५४८ मतदान केन्द्रको व्यवस्था गरिएको छ । सोमध्ये २२२ अतिसंवेदनशील र १०५ संवेदनशील मतदानस्थल रहेको छ । यसैबीच नेपाली काँगे्रसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गरे ।

1505724100dhanusa-final

यस्तै, धनुषा क्षेत्र नं– ४ मा वाम गठबन्धनका उम्मेदावार रघुवीर महासेठले जनकपुर उपमहानगरपालिका–९ स्थित सहृदय पुस्तकालय मतदान केन्द्रमा मतदान गरे  भने खानेपानी तथा सरसफाइ मन्त्री एवं काँगे्रस तर्फबाट क्षेत्र नं। ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले जनता निमावि बनिगामा मतदान केन्द्रमा मतदान गरे । यसैबीच, जनकपुरधाम उपमहानगरपालिका– १८ की रामरति देवीले जनकपुर उपमहानगरपालिका– १४ स्थित ग्रामीण प्रशिक्षण केन्द्र मुजेलिया मतदान केन्द्रमा मतदान गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

trafic tactor

इलाम, ७ माघ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र…

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् । प्रदेश नं…

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि