• |

काठमाण्डौमा मतगणना शुरु

काठमाण्डौँ, २२ मंसिर । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाण्डौँ जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ । काठमाण्डौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाण्डौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना कार्य शुरु भएको छ । बाँकी निर्वाचन क्षेत्रको शीघ्र शुरु हुने उनले जानकारी दिए । काठमाण्डौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सहकारी विकास विभाग नयाँ बानेश्वर, वन परिसर र जिल्ला समन्वय केन्द्र बबरमहलमा मतगणनाको तयारी भइराखेको छ ।

mataganana-vote-thimi

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

सम्बन्धित समाचार

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

trafic tactor

इलाम, ७ माघ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र…

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् । प्रदेश नं…

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

download (4)

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ ।…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि