• |

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।  डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । उाले भने–“बालकोट घटनाको निष्पक्ष छानबिन हुनुप¥यो, घाइतेको उपचार हुनुप¥यो, घटनाको मुद्दा दर्ता हुनुपर्यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुपर्यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनौं लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।”

download (4)
यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए । उनले भने–“घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुंदैन, मतगणना शुरु हुनुपर्छ ।” निर्वाचन अधिकृत उत्तम सिलवालले भने सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरे ।

सम्बन्धित समाचार

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

trafic tactor

इलाम, ७ माघ । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र…

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् । प्रदेश नं…

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

Ishwor-Pokhrel-e

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका…

मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन

download (3)

डडेल्धुरा, २२ मसिंर । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

प्रदेश नं १का प्रदेशसभा सदस्यको शपथ

क्याफे गफ दोश्रो संस्करण भाग-१

विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

काठमाण्डौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि